काठमाण्डु– मधेस प्रदेशको नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनार ‘सोनल’ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष सोनलले भोजपुरी भाषामा शपथ ग्रहण गरेका हुन्।
शपथपछि उनले औपचारिक रूपमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
साथै, गणेश पटेल र महेश यादवले पनि विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन्।
सोनल मधेस प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् ।




प्रतिक्रिया