रौतहट – रौतहटको झाँझ नदीमा डुबेर २ जना बालकको मृत्यु भएको छ ।
गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ नदीमा नुहाउन गएका २ बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको मृत्यु भएको छ । नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पुर्याएका थिए ।
तर चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




प्रतिक्रिया