काठमाण्डु – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
यस्तै दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । राति भने देशभर मौसम मुख्यतया सफा रहने छ ।
सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
यसैगरी भाइटिकासम्म नै सबै प्रदेशका पहाडी भ–ूभागका एकरदुई ठाँउमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।




प्रतिक्रिया