काठमाण्डु – साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ।
नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ रहेको छ ।
तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया