उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाँदै, मन्त्री घिसिङ आजै भारत जाने

उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाँदै, मन्त्री घिसिङ आजै भारत जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणासहित उपचारका लागि सोमबार सिंगापुर जाँदैछन् ।

उनीहरू उपचारका लागि सोमबार राति ९ बजे सिंगापुर जाँदै छन्।

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो।

जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।

देउवाले स्वास्थ्यको कारण देखाउँदै असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा सोही दिन केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।

यस्तै ऊर्जा,जलस्रोत तथा सिन्चाइ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार भारत जाँदै छन् ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ महासभामा सहभागी हुन मन्त्री नयाँ दिल्ली जान लागेका हुन् ।

सम्मेलनमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुनेछन् । नेपाल पनि उक्त गठबन्धनको सदस्य राष्ट्र हो ।

मन्त्री घिसिङ सोमबार दिउँसो पौने २ बजे नेपाल वायुसेवाको उडानबाट भारत जाँदैछन् ।