सन् २०१९ मा समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक विन्दुमा पुग्छ : प्रधानमन्त्री ओली

सन् २०१९ मा समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक विन्दुमा पुग्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सन् २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष भएको बताएका छन्।   शुभकामना सन्देशमा भनिएको छ, ‘संक्रमणकालीन संशय चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’ को संकल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौँ।

राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो।’  ‘निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिनेछैन। सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु।’