काठमाण्डु– उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ । तीन दिन अघि शनिबारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिवत समाप्त भएको हो ।
काठमाण्डु उपत्यकाको कमलपोखरी लगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको हो ।

हिजो व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न भएको हो । छठमा उदाउँदो सूर्यलाई दिइने अघ्र्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

भोरका अरख दिएसँगै छठ घाटबाट व्रतालु तथा उनका परिवारजनहरु आफूले चढाएका प्रसादहरु बोकेर घर फर्किन्छन । त्यसपछि सबै जना मिलेर प्रसाद खाने र चिनेजानेकाहरुलाई पनि प्रसाद दिने चलन रहेको छ ।











प्रतिक्रिया