कात्तिक १९ गतेदेखि एसवाई प्यानलले आइपीओ निष्कासन गर्ने

कात्तिक १९ गतेदेखि एसवाई प्यानलले आइपीओ निष्कासन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर जारी गरेको हो ।

यसमध्ये २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । उद्योग प्रभावित वासिन्दा र बैदेशीक रोजगारीमा रहेकाहरुलाई शेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, साथै मेरो शेयर पोर्टल मार्फत पनि दिन सकिन्छ ।

आइपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ । यसको विक्रि प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेड ले वहन गरेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ सय रुपैयाँ अंकित दरमा कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।