राष्ट्रियसभा सचिव डा. अर्यालको राजीनामा स्वीकृत

राष्ट्रियसभा सचिव डा. अर्यालको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

संविधान बमोजिमका व्यवस्थाअनुसार डा. अर्यालले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका हुन् ।

संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी ऐन २०७५ को दफा ६ (क) अनुसार २०८२ कात्तिक ११ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत हुन माग गर्दै उनले पद त्याग गरेका छन् ।

राष्ट्रपतिका प्रवक्ता प्रदीप कुमार कोइरालाले मंगलबार जारी गरेको विज्ञप्तिमा राजीनामा स्वीकृत भएको पुष्टि गरिएको छ ।