प्रधानमन्त्रीलाई भेटेर जेनजी युनाइटेडले बुझायो अपिल पत्र

प्रधानमन्त्रीलाई भेटेर जेनजी युनाइटेडले बुझायो अपिल पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले छलफल गरेका छन् ।

मंगलबार सिंहदरबारमा ९ जना प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

‘जेनजी युनाइडेट फर परिवर्तन’की प्रतिनिधि सदीक्षा राईले प्रधानमन्त्रीलाई भेटेर आफूहरूले अपिल पत्र समेत बुझाएको बताइन् ।

उनले भनिन्, ‘एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गरिदिनुपर्‍यो । हामीलाई त्यतिले मात्रै पुग्दैन, हामीलाई सरकारको सपोर्ट चाहिन्छ । हामीले अपिल पत्र पनि प्रधानमन्त्रीलाई बुझाएका छौं । त्यसमा युनाइडेट हुन हामीलाई सहयोग गरिदिनुहोस् भनेका छौं । किनभने जेनजी विद्रोहबाट उत्पन्न भएको सरकार हो, यही सरकारले अभिभावकत्व दिन सक्नुपर्छ ।’

छलफलमा जेनजी आन्दोलका घाइते, शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए । उनीहरूले विशेषगरी जेनजीहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल हुनुपर्ने माग राखेका छन् ।