वर्षाले खेतको धान भिज्यो, कृषकहरू चिन्तित

वर्षाले खेतको धान भिज्यो, कृषकहरू चिन्तित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – बर्दिया लगायत आसपासका क्षेत्रमा मंगलबार रातिदेखि पानी परेपछि खेतमा धान भिजेको छ ।

काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित भएका छन् ।

मोटा र सुख्खा खेतमा छिटो फल्ने धान कृषकले करीब करीब भित्र्याए पनि गहिरो खेतमा ढिलो पाक्ने धान भिजेको छ । बिऊ र मलको अभाव भए पनि धान उत्पादन गरेका किसानहरू भित्र्याउने समयमा धान भिजेको छ ।

धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको मधुवन नगरपालिका–७ प्रगतिबजारकी कृषक शान्ति अधिकारीले बताइन् ।

उनले भनिन्, ‘पानी पर्दैन होला भनेर धान काटियो, अहिले काटेर सुकाएको धान भिजेको छ, लगातार पानी पर्‍यो भने धान खेतमै उम्रिन्छ होला ।’

विशेषगरी मध्यम र मसिनो धान ढिलो पाक्ने गदर्छ । अहिले काटिरहेको र काट्न तयार भएको धान मध्यम र मसिनो धान हो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारीका अनुसार अझै पनि बर्दियामा ३५ प्रतिशत धान भित्र्याउन बाँकी रहेको छ । केही धान कटान गरेर सुकाइएको उनले बताइन् ।