काठमाण्डु – जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग जोडिएका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुँदैछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुनेछ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुनेछ ।
संवैधानिक इजलासमा १६ वटा रिट निवेदनमाथि एकमुष्ट सुनुवाइ हुन लागेको हो ।




प्रतिक्रिया