प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गर्दै रिटको विस्तृत सुनुवाइका लागि प्रक्रिया अघि बढाउने आदेश भएको छ ।

रिट निवेदक अधिवक्ता डा. प्रेमराज सिलवालले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै अन्तरिम आदेश माग गरेका थिए । तर इजलासले प्रतिनिधिसभा विघटनको संवैधानिक वैधता लगायतका विषयमा विस्तृत कारण सहितको छलफल आवश्यक भएको गर्दै तत्काल अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको छ ।

इजलाशले मुद्दा सम्बन्धी जवाफ ७ दिनभित्र पेश गर्न कारण देखाऊ आदेश जारी गरेको छ ।