काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से ३४ अंकले बढेर परिसुचक २६०० बिन्दुमा पुगेर रोकियो ।
बुधबारको तुलनामा आज कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ४५ करोडको कारोबार भएकामा आज ७ अर्ब ५१ करोडको कारोबार भयो ।
कारोबारमा आएका २१६ कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको मूल्य घट्यो । यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन हिमालयन बैंक (प्रोमोटर)ले मात्र १ अर्बको कारोबार गर्यो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस उर्जाले सर्वाधिक कारोबार गरे ।
आज गुँरास लघुबित्त वित्तिय संस्था र उन्नती सहकार्यको सेयर १० प्रतिशतले घट्यो । यस्तै सुपर मादी हाइड्रो, गणपति लघुवित्तको सेयर मूल्य ९ प्रतिशतले बढे ।
यसदिन हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशत बढ्यो ।
बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ तथा व्यापार ०.८८ प्रतिशत बढे ।




प्रतिक्रिया