काठमाण्डु – गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई जिल्लास्थित उद्योग वाणिज्य संघ र व्यवसायीहरूसँग बैठक आयोजना गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट बिहीबार जारी परिपत्रमा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र सार्वजनिक तथा निजी सम्पत्तिमा परेको असरको अवस्थामा अनुकूल व्यावसायिक वातावरण तयार गर्न छलफलका लागि निर्देशन गरिएको छ ।
मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेद्वारा हस्ताक्षरित निर्देशन पत्रमा उल्लेख छ, ‘व्यावसायिक वातावरण सुधारका लागि जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूका साथै उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्नु गराउनु हुन अनुरोध छ ।’
निर्देशनको निर्णय २०८२ कात्तिक १३ गते गृह मन्त्रालयको सचिवस्तरीय हो । मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई समेत निर्णयको बोधार्थ पठाएको छ ।
सरकारले हालै देशभर स्थायित्व, शान्ति र व्यवसायिक विश्वास पुन:स्थापनाका लागि निजी क्षेत्रसँग निरन्तर संवाद अघि बढाउने नीति लिएको छ ।
यस्तो छ पत्र –





प्रतिक्रिया