काठमाण्डु – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला पुलनजिक अवरुद्ध बाटो सचारु भएको छ ।
तुइन खोलामा पहिरो झर्न रोकिएपछि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ। शुक्रबारबिहान बाटोमाथिबाट ढुंगा झर्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।
सडक डिभिजन भरतपुरका अनुसार अविरल वर्षाका कारण शुक्रबार बिहानदेखि तुइन खोलामा ढुंगा खस्न थालेको थियो। ढुंगा खस्न रोकिएपछि सडक सञ्चालनमा आएको हो।
वर्षाको समयमा यो क्षेत्रमा पहिरोको उच्च जोखिम हुने भएकाले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने उक्त क्षेत्रमा यसअघि पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो ।




प्रतिक्रिया