काठमाण्डु –सुनको मूल्य शुक्रवार २ हजार ७०० सय रुपैयाँले बढेको छ।
बिहीबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम रहेको सुनको मूल्य शुक्रवार तोलामा २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन सुनको मूल्य घटे पनि शुक्रवार पुनः बढेको हो।
यस्तै बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी ८० रुपैयाँ बढेर शुक्रवार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया