मलेसियाको मापदण्डबारे प्रधानमन्त्री र अधिकारीहरूबीच छलफल, द्विपक्षीय वार्ताबाट समाधान खोज्ने निष्कर्ष

मलेसियाको मापदण्डबारे प्रधानमन्त्री र अधिकारीहरूबीच छलफल, द्विपक्षीय वार्ताबाट समाधान खोज्ने निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वैदेशिक रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले शुक्रबार सिंहदरबारमा श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र रहेको र उक्त मापदण्ड अन्तिम नरहेको निष्कर्ष छलफले निकालको छ ।

यस्तै छलफलले द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ ।