काठमाण्डु– नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न समिति गठन गरिएको छ।
शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेकी हुन् । समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य रहेका छन् ।
समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ।
नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठ कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको छ ।
यसैगरी अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले निगमको सञ्चालक समिति अध्यक्षको काम सम्हाल्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।




प्रतिक्रिया