अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन सडकमा यात्रा नगर्न आग्रह (सूचनासहित)

अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन सडकमा यात्रा नगर्न आग्रह (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेको भन्दै स्थानीय प्रशासन चितवनले अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन-मलेखु खण्डमा यात्रा नगर्न अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै नारायणगढ-मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा अत्यावश्यक काम नपरी यात्रा नगर्न अनुरोध गरेको हो।

प्रशासनले उक्त सडकमा यात्रा गर्नुपूर्व जानकारी लिएर मात्र गर्न पनि अनुरोध गरेको छ।

यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

वर्षासँगै बिहीबारदेखि नै यी सडकमा ससाना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यकबाहेक सकरभर यात्रा नगर्न स्थानीय प्रशासनले भनेको छ।

हाल नारायणगढ-मुग्लिन सडकको तुइनभिर र पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।