अटो दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते

अटो दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुकुम पूर्वको भुमेमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

भुमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी राजमार्गमा शनिबार साँझ दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लुगुम गाउँबाट ब्राहतालतर्फ जाँदै गरेको अटो दुर्घटना भएपछि एकै घरका जेठानी–देउरानीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा भुमे-१ लुगुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी घर्ती रहेका छन् ।

दुर्घटनामा परेर लुगुमकै २६ वर्षीया प्रतीक्षा बुढा र उनको ११ महिनाको छोरा सुभम बुढा तथा सोही ठाउँका २५ वर्षीया ब्युटी पुन र ३ वर्षका सक्षम घर्ती रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।