काठमाण्डु – विभिन्न कम्युनिष्ट घटकहरू मिलेर नयाँ घोषणा गरिएको नेपाल कम्युनिष्ट पार्टीमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मुख्य जिम्मेवारी दिइएको छ ।
बुधबार काठमाण्डुको भृकुटीमण्डपमा आयोजित औपचारिक कार्यक्रममार्फत पार्टी एकता घोषणा गरिएको छ ।
कार्यक्रममा पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको छ । नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेकोमा सर्वसम्मत पारित गरिएको छ ।
पार्टी घोषणा कार्यक्रममा विभिन्न कम्युनिष्ट घटकका नेताहरू सहभागी भई नयाँ पार्टीको उद्देश्य, संरचना र नेतृत्वबारे जानकारी दिएका छन् । नयाँ पार्टीले आगामी राजनीतिक कार्यक्रम र संगठनात्मक गतिविधि अगाडि बढाउने जनाइएको छ ।




प्रतिक्रिया