काठमाण्डु – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– २ मा पर्ने भोटेचौरलाई मिनी इलाम पनि भनिन्छ ।
भोटेचौरको चिया बगैंचाका वरिपरि पहाडी सुन्दर दृश्यले घेरिएको छ । काठमाण्डुबाट नजिकै रहेको मिनी इलाम आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गर्छ ।
हिँडेर वा पदयात्रामा रमाएर जान चाहनेका लागि सुन्दरीजलको बाटो उत्तम विकल्प हो।
राजधानीबाट सवारीसाधनमा २ घण्टासम्ममा पुग्न सकिने यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण र रमणीय छ।
यो विशाल चिया बगान पूरै डाँडा ढाकेर बसेको छ। यसको सौन्दर्य नाप्न पारी तामाङ गाउँ, गुरुङ गाउँ वा धाप ड्यामबाट हेर्नुपर्छ।
उत्तरका हिमाली शृंखलामा रहेका गणेश हिमाल, जुगल, लाङटाङ, दोर्जेलाक्पा, आमायाङ्ग्री हिमालको मनमोहक दृश्य देखिन्छ। उत्तरतर्फ फर्किएर बसेको यो टी–स्टेटबाट हिमाली फ्लेवरको अर्थोडक्स अग्र्यानिक चिया उत्पादनको लक्ष्य राखेर लगानी गरिएको अनुमान लगाउन कठिन छैन।
सीटीसी चियाका लागि समथर मैदान भए पनि हुन्छ। १४ सय मिटरदेखि १८ सय मिटरको उचाइसम्म उत्पादित चिया उत्तम मानिन्छ।













प्रतिक्रिया