अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकामा शनिबारदेखि सयौं उडान रद्द हुने भएको छ।

शनिबारदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन चलिरहेका कारण देशभर उडानमा अवरोध भएको हो।

फेडरल एभिएशन अथोरिटीको निर्देशनपछि एयरलाइन्सहरूले उडान रद्द गर्ने घोषणा गरेका हुन्। पछिल्लो एक महिनादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको स्टाफ कम हुँदा धेरै विमानस्थलहरूमा ढिलाइ भइरहेको थियो। यी कन्ट्रोलरहरूलाई शटडाउनको समयमा तलब दिइएको छैन।

यदि अमेरिकी सरकारी शटडाउन समाप्त नभए आगामी केही दिनमा ४० प्रमुख विमानस्थलहरूमा हवाई यात्रा १०५ सम्म घट्नेछ र हजारौँ उडान रद्द हुनेछन् भन्ने चेतावनी अमेरिकी यातायात मन्त्री सीन डफीले दिएका छन्।

दैनिक ३,५०० देखि ४,००० सम्म उडान रद्द हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी मिडियाले अन्तर्राष्ट्रिय उडानहरू भने प्रभावित नहुने रिपोर्ट गरेका छन्।