विप्लव, घनश्याम र जनार्दनको निष्कर्ष- पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन

विप्लव, घनश्याम र जनार्दनको निष्कर्ष- पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेत्रविक्रम चन्द विप्लव, घनश्याम भूसाल र जनार्दन शर्मा एकतावद्ध भएर अघि बढ्ने घोषणा गरेका छन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै गरी विप्लव, भूसाल र शर्माले एकतावद्ध भएर अघि बढ्ने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिवद्ध कम्युनिष्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ, हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि वढ्न सङ्कल्पबद्ध भएका छौँ। र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ।’

‘मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहान्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित छ ।पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वत: स्पष्ट छ ।’ विज्ञप्तिमा भनिएको छ ।