काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा शनिबार बिहान छापा मारेको छ।
काठमाण्डुको बिजुलीबजारस्थित बैंकको कार्यालयमा शनिबार छापा मारेर केही कागजातहरू सीआएबीले नियन्त्रणमा लिएको छ।
यसअघि ११ कात्तिकमा सीआईबीले प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। उनी एमालेका पूर्वसांसद समेत हुन्। ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले बैंकमा छापा मारेको हो।
भट्टचनविरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाण्डुले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो ।
११ असोज २०८१ मा सरकारी वकिलले अनुसन्धान अघि बढाउन भन्दै जाहेरी प्रहरीलाई पठाइदिएको थियो । अहिले सीआईबीले त्यही पुरानो घटनाको अनुसन्धानलाई अघि बढाएको छ ।




प्रतिक्रिया