पूर्वसांसद आलमको शोकमा कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

पूर्वसांसद आलमको शोकमा कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य तथा सांसद मोहम्मद अफताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको छ।

उनको निधनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बसेको आकस्मिक बैठकले आलमको निधनप्रति दुख व्यक्त गर्दै कार्तिक २२, २३ र २४ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

कार्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरेको छ।

यस्तै आइतबार साढे ११ बजे बस्ने तय भएको बैठक आलमको निधनका कारण स्थगित गरिएको हो।