तीव्रगतिको इन्टरनेटका लागि काठमाण्डु महानगरद्वारा नेपाल टेलिकमसँग सम्झौता

तीव्रगतिको इन्टरनेटका लागि काठमाण्डु महानगरद्वारा नेपाल टेलिकमसँग सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रहरूमा तीव्रगतिको ब्रोडव्याण्ड इन्टरनेट (फाइबर टु द होम– एफटीटीएच) जडान गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।

शुक्रबार महानगरपालिकाको केन्द्रीय कार्यालय, काठमाण्डु प्लाजामा भएको सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बागमती प्रदेशका निर्देशक इन्दल यादवले हस्ताक्षर गरे ।

यसअघि वडामा २० एमबीपीएस क्षमताको लिज लाइन लिइएको थियो । यसको लागत धेरै थियो । अहिलेको लागत कम र क्षमता धेरै भएको विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए । अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रहरूमा १ जीबीपीएस बेसिक र प्रिमियम तथा ५०० एमबीपीएस क्षमताको इन्टरनेट जडान गरिएको छ ।

इन्टरनेट सेवा २४ सै घण्टा उपलब्ध हुनेछ । सम्झौता २०८२ साउन मसान्तसम्मका लागि हो ।

इन्टरनेट ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवर्द्धन केन्द्र, बागदरबार, टेकु ट्रान्सफर स्टेसन, महानगर प्रहरी बल, पूर्व क्षेत्र, बानेश्वर, बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, बारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटी बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, बसन्तपुर, बालाजु पार्क, शंखपार्क गरी ७१ सेवा केन्द्रका लागि खरिद गरिएको छ ।