उदयपुर – सवारीसाधन दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका–५ गेरूवाई खोला नजिक सडकमा पिपलचौरीबाट लालपत्तातर्फ आउँदै गरेको स१त ५४३५ नम्बरको ट्रयाक्टरबाट खसेर त्रियुगा नगरपालिका–५ पिपलचौरी बस्ने ५८ वर्षीय दमसेर राईको आईतबार बिहान मृत्यु भएको हो ।
ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले हाल फरार ट्रयाक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया