बिरामी भएर काठमाण्डु प्रस्थान गरेकी प्रदेश प्रमुखले गरिन् बीच बाटोमै मधेशको मुख्यमन्त्री नियुक्त

बिरामी भएर काठमाण्डु प्रस्थान गरेकी प्रदेश प्रमुखले गरिन् बीच बाटोमै मधेशको मुख्यमन्त्री नियुक्त

एमालेका सरोजकुमार यादव बने चौथो मुख्यमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

सोमबार बिहान ४ बजे प्रदेश राजधानी जनकपुरधाम बाहिर पुगेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपदफा ३ बमोजिम मधेशको मुख्यमन्त्री पदमा यादवलाई नियुक्त गरेकी हुन्।

यादव एमालेबाट प्रदेशसभा सदस्य तथा एमाले मधेस प्रदेश संसदीय दलका नेता हुन्।

सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई सोमबार बिहान मुख्यमन्त्रीको पदमा शपथ खुवाउनु भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

विश्वासको मत नपाउने भएपछि शनिबार जसपाका जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाण्डु जान लाग्दा सिन्धलीको एक होटलमा मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेकी हुन् । उनी बिहान ४ बजे मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरकारी निवासबाट काठमाण्डु प्रस्थान गरेकी हुन् ।

यसबीच निवर्तमाज मुख्यमन्त्री सोनलले नयाँ मुख्यमन्त्रीको नियुक्ति मधेश प्रदेशको जनतासँग धोका भएको आरोप लगाएका छन् । ‘स्वास्थ्य उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्। एक त महिला अर्को स्वास्थ्य को कुरा गरिन’, सोनलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।