काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा चोक नजिक सडकमा चपुरबाट धमौरातर्फ जाँदै गरेको म प्र ०३–०३१ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट वृन्दावन नगरपालिका–७ सखुअवा टोल बस्ने ७० वर्षीया दुखिया देवीको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१ पुलचोकस्थित सडकमा ना२ह ५०२८ नम्बरको अटोको ठक्करबाट पैदलयात्री भरतपुर नगरपालिका–४ बस्ने ६० वर्षीया अस्तापमा खातुनको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया