काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै कम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै आज काठमाण्डु उपत्यकाको तापक्रम यो वर्षकै कम देखिएको छ। आज काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम १०.१ डिग्री सेल्सियसमा रहेको छ ।