काठमाण्डु– ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ ।
मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो ।
मेयर महर्जनका अनुसार आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रणमा मद्दत पुर्याउने उद्देश्यले यो प्रणाली जडान गरिएको हो।
उनले यस प्रणालीलाई परीक्षण स्वरूप सञ्चालनमा ल्याइएको र प्रभावकारी देखिएपछि ललितपुर महानगरका सबै चोकहरूमा विस्तार गर्ने योजना रहेको जानकारी दिए।
उनले भने, ‘यो अहिले हामीले डेमो गर्न खोजेका हौं। यसको कार्यक्षमता परीक्षण गरिँदैछ। यदि सफल भयो भने ललितपुरका प्रत्येक चोकमा यो प्रणाली जडान गरिनेछ।’
यसअघि नै ललितपुर महानगरपालिकाले विपद् वा आकस्मिक गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल–फ्रि सेवा सञ्चालनमा ल्याइसकेको छ।




प्रतिक्रिया