हिरासतमा मृत्यु भएका सुनारका आफन्तले ५ दिनपछि शव बुझे

हिरासतमा मृत्यु भएका सुनारका आफन्तले ५ दिनपछि शव बुझे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले ५ दिनपछि उनको शव बुझेका छन् ।

मृतक सुनारको पोष्टपार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् ।

वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका गंगे सुनारको गत शुक्रबार प्रहरी हिरासतमा मृत्यु भएको थियो । ३६ वर्षीय सुनारको हृदयघातबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी मोहनजंग बुढथापाले बताए ।

मृतकको पोष्टमार्टमका लागि भेरि अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टीम सुर्खेत आएको थियो । मुटुको समस्याले थुनुवाको मृत्यु भएको देखिन्छ ।

मुटुको नली ब्लक भएको रिपोर्टमा देखिएको पोष्टमार्टममा संलग्न चिकित्सकले बताए । लागूऔषध कारोबारको मुद्दामा थुनामा रहेका सुनारको शुक्रबार बिहान मृत्यु भएको थियो ।

शुक्रबार बिहान बेहोस अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार मृतक सुनार हिरासतमा ७८ दिनदेखि रहेका थिए ।