काठमाण्डु- आज शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे सुरु हुने छ ।
असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति केन्द्रित रहेको छ । महाधिवेशनको मितिबारे पटकपटक गरिएको आन्तरिक छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
गत बिहीबार कार्यसमिति बैठक बस्दै नवसी स्थगित भएको थियो ।आमनिर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमै कांग्रेसमा पदाधिकारीहरु विभाजित छन् ।
संस्थापन पक्ष फागुनको चुनावपछि वैशाखमा र इतर पक्ष सके मंसिरमा, नभए चुनाव अघि विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ। नेताहरू गुटगत भेला गरेर आआफ्ना पक्षमा माहौल सिर्जना गरिरहेका छन्। कार्यकर्ताहरू एकले अर्कोलाई दोषारोपण गरिरहेका छन्।




प्रतिक्रिया