काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि सानदार जित निकालेको छ।
कर्णालीले लुम्बिनीलाई ९ विकेटले पराजित गरेको हो। लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
कर्णालीका लागि ओपनर मार्क वाटले शतक प्रहार गरे। एनपीएल दोस्रो सिजनको यो पहिलो शतक हो ।
वाटले ४१ बलमा १०१ रन बनाए । १० छक्का र ६ चौका मद्दतमा उनले शतक प्रहार गरेका हुन् ।
कर्णालीको यो पहिलो जित हो भने लुम्बिनीले दोस्रो खेलमा पहिलो हार व्यहोरेको हो।




प्रतिक्रिया