छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–४ रजगाउँस्थित सडकमा रजगाँउबाट मन्थलीतर्फ जाँदै गरेको ना१ज ५५५८ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा सुमोमा सवार मन्थली नगरपालिका–३ माथिल्लो कठजोर बस्ने ५३ वर्षीया गितामाया जोगी र खाँडादेवी नगरपालिका–२ तल्लो कठजोर बस्ने ६७ वर्षीया हित कुमारी श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये गितामायाको मन्थली अस्पतालमा र हित कुमारीको बीएण्डबी अस्पतालमा उपचरको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सुमोमा सवार अन्य ६ जनालाई थप उपचारको लागि काठमाण्डुतर्फ पठाइएको छ ।

चितवनको माडी नगरपालिका–१ गर्दीस्थित सडकमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री माडी नगरपालिका–१ सेरूवा बस्ने ६२ वर्षीय फिरल महतोको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका–१६ थारू संग्रहालयस्थित सडकमा ना४३प ३४३६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारीसाधनले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैंडाचोक बस्ने ४२ वर्षीय हिराबहादुर परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । दुर्घटनामा संलग्न शंकास्पद ना६ख ४८१३ नम्बरको ट्रक र चालक तथा कर्णाली प्रदेश ०२–००१ ख ०५६४ नम्बरको बस र चालकलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।