काठमाण्डु – नेकपा (एमाले)का महेश बस्नेतमाथि बिराटनगरमा प्रतीकात्मक रुपमा रातो रंग प्रहारसँगै सुनसरीको दुहवी पनि जेन जी युवारूले विरोध गरेका छन् ।
नेताहरू बस्नेत र भानुभक्त ढकालको विरोधमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन विराटनगरबाट सुनसरी जाने क्रममा २ जेन जी युवाहरूले उनी सवार गाडिमाथि रातो रङले भरिएको बेलुन फालेका थिए ।
जेन–जी युवाद्वय विराटनगर–२ बस्ने १९ वर्षीय अर्पित कुवँर र विराटनगर–१ का २५ संजोग गौतमले उनी चढेको गाडीमा रोतो मसी छ्यापेका थिए । रङ फाले लगत्तै उनीहरूलाई प्रहरी तत्कालै नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया