काठमाण्डु – कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणालीको सर्भर डाउन हुँदा गत शुक्रबारदेखि कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा बन्द भएका छन् ।
कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) को सर्भरमा एक्कासि प्राविधिक समस्या आएको भन्दै कार्यालयले अनलाइनमार्फत हुँदै आएको सेवा प्रवाह कम्पनी दर्ता, अद्यावधिक गर्नेदेखि कम्पनी खारेजीसम्मका सबै काम अवरुद्ध भएको जानकारी दिएको छ ।
कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनी सम्बन्धी सबै काम भौतिक उपस्थित विना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ ।




प्रतिक्रिया