कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबल कारमा १३ प्रतिशत छुट

कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबल कारमा १३ प्रतिशत छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरि आएको सेवाहरूमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशत सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठबिच छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।