काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र जोड्न सफल भयो ।
यसअघि २ खेल खेलेर २ वटै खेलमा जीत हासिल गरेको विराटनगर ४ अंकसहित तालिकाको पहिलो स्थानमा थियो । विराटनगरको लगातार तेस्रो जीत हो ।
जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंकका साथ सातौं स्थानमा छ ।




प्रतिक्रिया