महोत्तरी – जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको मधुवनी ग्रामपञ्चायत–२ स्थायी घर बताउने ३५ वर्षीय बिनोद साहलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको सुरक्षा फौज नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा उनले बोकेको निलो झोलाभित्र ट्याब्लेट ३ हजार २९८ वटा, डाइजेपाम इन्जेक्सन २९९ वटा, फेनेरागन इन्जेक्सन ३०० वटा, बुप्रेनोफिन इन्जेक्सन २७४ वटा, लागूऔषध खैरो पदार्थ ६५० मिलीग्राम, १ थान मोबाइल सेट, किप्याड १ थान र नेपाली रुपैयाँ ३ हजार ५३५ तथा भारतीय ६ रुपैयाँ फेला परेपछि नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका साहलाई बरामद लागूऔषध, रुपैयाँ र मोबाइल तथा किप्याडसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।




प्रतिक्रिया