सांसद रेशम चौधरीको सपथ ३ बजेका लागि सर्‍यो

सांसद रेशम चौधरीको सपथ ३ बजेका लागि सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सांसद रेशम चौधरीको सपथ ग्रहण कार्यक्रम पूर्वनिर्धािरित समयभन्दा केही घण्टालाई पछि सरेको छ । बिहान साढे ११ बजे राखिएको सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि सारिएको हो ।

यसअघि चौधरीलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम थियो। हाल थुनामा रहेका चौधरीलाई सपथ लिएपछि पुनस् कारागार नै लगिने छ।

चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मत ल्याई विजयी भएका थिए। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो।

उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो। टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो।