‘तपस्वी’ बमजनमाथि कारबाही गर्न सांसदको माग

‘तपस्वी’ बमजनमाथि कारबाही गर्न सांसदको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार,हत्या तथा यौनहिंसाका आरोप लागेका तपस्वी भनिएका रामबहादुर बम्जनबारे छानबिन गरी कारबाही गर्न सांसदले माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको संसद बैठकमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद विमला बिकले बमजनमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयसँग माग गरेकी हुन्।

सांसद विकले बम्जनले आनीहरूलाई यौन हिंसा गरेको तथा बेपत्ता बनाएको भन्ने खबर आइरहेकोप्रति ध्यानाकर्षण गराउँदै कारबाही गर्न सरकारसँग माग गरिन्।  सांसद विकले भनिन,‘तपस्वीको भेषमा बलात्कार र तीन आनीलाई बेपत्ता पारेका समाचारहरू आइरहेका छन्। त्यसैले उनीमाथि छानबिन गरी कारबाही होस्।’