एनपीएल–२ : विराटनगरविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्दै

एनपीएल–२ : विराटनगरविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)-२ अन्तर्गतको १६ औं खेलमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

कर्णाली याक्सको टोली : सोमपाल कामी, पवन सर्राफ, दिपक डुम्रे, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल।

विराटनगर किंग्सको टोली : सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अह्मद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, सेहान जयसूर्य, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे।