एनपिएलमा आज कर्णाली र काठमाण्डुबीच निर्णायक भिडन्त

एनपिएलमा आज कर्णाली र काठमाण्डुबीच निर्णायक भिडन्त

प्लेअफका लागि दुबै टिमलाई जित्नै पर्ने बाध्यता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग .(एनपिएल)मा आइतबार कर्णाली याक्स र काठमाण्डु गोर्खाजबिच खेल हुँदैछ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा खेल अपराह्न ३ : ३० बजे सुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले ४ खेलमा एउटा मात्र जित हासिल गरेको छ। २ अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहनका लागि कर्णालीलाई आजको खेल जित्नै पर्ने बाध्यता छ।

करण केसीको नेतृत्वमा रहेको काठमाण्डुले ५ खेलमा विजयी भएर तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्नका लागि पनि काठमाण्डुलाई यो खेल महत्त्वपूर्ण छ।

यस्तो छ अंकतालिका

अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । ५ खेलमा १ खेल गुमाएको विराटनगरकोसमेत ८ अंकसहित दोस्रो स्थानमा छ।

५ खेल खेलेको काठमाण्डु ६ अंकसहित तेस्रो स्थानमा छ भने चितवन र लुम्बिनीको समान ४ अंक छ । रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली र पोखराको दुईदुई अंक छ भने जनकपुर अंकविहीन पुछारमा छ ।