काठमाण्डु– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
आर्थिक अपचलनको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले आइतबार उनलाई पक्राउ गरेका हुन् ।
अनुसन्धानका लागि सीईओ शेरचनलाई नियन्त्रणमा लिइएको प्रहरीस्रोतले जनाएको छ ।
यसअघि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए ।
सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया