प्रधानमन्त्री सुशीला कार्कीले दिएका अभिव्यक्तिको समर्थनमा हिन्दू सम्राट सेनाको र्‍याली

प्रधानमन्त्री सुशीला कार्कीले दिएका अभिव्यक्तिको समर्थनमा हिन्दू सम्राट सेनाको र्‍याली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही र न्यायसंगत भएको दाबी गर्दै हिन्दू सम्राट सेना नेपालले सिरहा जिल्लाको गोलबजारमा शान्तिपूर्ण र्‍याली आयोजना गरेको छ ।

र्‍यालीका सहभागीहरूले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रियता, धार्मिक सौहार्द र सामाजिक न्यायको पक्ष लिएको भन्दै समर्थनमा नाराबाजी गरेका थिए । उनीहरू शान्तिपूर्ण रूपमा गोलबजारका मुख्य सडकहरू परिक्रमा गर्दै आफ्नो धारणा सार्वजनिक रूपमा व्यक्त गरेका थिए ।

संगठनका प्रतिनिधिहरूका अनुसार र्‍यालीको उद्देश्य प्रधानमन्त्रीले राष्ट्रहितमा दिएको भनाइलाई समर्थन जनाउनु र समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको बताइएको छ ।