काठमाण्डु – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यापारी दिपक भट्टको घरमा छापा हानेको छ ।
ललितपुरको सानेपास्थित किरण भवनमा प्रहरीको आईतबार अपराह्न छापा मारेको हो ।
छापा हानेको ब्युरो टोलीले उनको घरबाट शंकास्पद कागजात नियन्त्रणमा लिएको छ । उच्च स्रोतका अनुसार भट्टका शंकास्पद आर्थिक क्रियाकलापमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले समेत छानबिन गरिरहेका छन् ।
सरकारी संयन्त्रले छानबिन थालेपछि भट्टले त्यसलाई प्रभावित पार्न प्रयास गरिरहेको स्रोतको दाबी छ ।




प्रतिक्रिया