१५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने कांग्रेसको निर्णय

१५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने भएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले उक्त मितिमा महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति तय भएको जानकारी गराए ।

यो निर्णयसँगै लामो समय चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक आज सकिएको छ ।